नियम १६८
ठेक्का स्वीकृत गर्ने
(१) नियम १६७ को उपनियम (४) अन्तरगत प्रकाशित सूचना बमोजिम दाखिला भएको कुनै वा सबै बोलपत्र वा बोलेको कुनै वा सबै डा“क स्थानीय निकायले कुनै कारण देखाई वा नदेखाई स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ ।
(२) रीतपूर्वकको बोलपत्र प्राप्त भए पछि सबैभन्दा बढी कबोल गर्नेको बोलपत्र स्वीकृत गर्नु पर्नेछ ।
(३) नियम १६७ को उपनियम (४) को खण्ड (झ) बमोजिम सार्वजनिक बढावढ गर्दा न्यूनतम अड्ढबाट बढाबढ शुरु गरी सबैभन्दा बढी डा“क कबोल गर्नेवालाको डा“क तत्कालै नियम १६७ को उपनियम (५) बमोजिमको धरौटी वा बैड्ढ ग्यारेन्टी लिई
स्वीकृत गर्नु पर्नेछ ।
(४) यस परिच्छेद बमोजिमको बोलपत्र वा सार्वजनिक बढाबढको डा“क स्वीकृत गर्ने अधिकार नियम १२, नियम २७ र नियम ४८ मा उल्लिखित अधिकारीहरुलाई सोही नियमहरुमा उल्लेख भए बमोजिम हुनेछ ।